नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
वागलुङ्ग


  

  • संस्था नविकरण गर्ने अत्यन्त जरुरी सूचना २०७५-४-२

    विस्तृत विवरणको लागि यसै सूचनासँग Attach गरिएको फाइल हेर्नु हुन अनुरोध छ ।

  • असार १७ गतेसम्म फारम पेश गर्नुहुने सेवाग्राही २०७५-३-३२

    असार १७ गतेसम्म राहदानी फाराम पेश भएका सेवाग्राहीको राहदानी आएको व्यहोरा जानकारीका लागि सूचित गरिन्छ । 

  • प्रेस विज्ञप्ती २०७५-३-६

    घुम्ती सेवा शिविर सम्बन्धमा यस कार्यालयबाट जारी भएको प्रेस विज्ञप्ती डाउनलाेड गरी हेर्नु हुन अनुरोध छ ।

  • नोटिस बोर्ड सेवा २०७५-३-६

    जिल्ला प्रशासन कार्यालय बागलुङले नोटिस बोर्ड सेवा शुरु गरेको छ ।  टोल फ्रि नं. १६१८०६८५२०२३३ डायल गरेर यो सेवा लिन सकिन्छ । यस कार्यालयका नागरिकता, राहदानी लगायतका महत्वपूर्ण सूचनाहरु प्राप्त गर्न सकिन्छ ।  सम्पूर्ण जिल्लावासीलाई यो सेवाको उपयोग गर्नुहुन अनुरोध छ ।

  • प्रेस विज्ञप्ती २०७५-३-१

    घुम्ती सेवा शिविर सम्बन्धमा यस कार्यालयबाट जारी भएको प्रेस विज्ञप्ती डाउनलाेड गरी हेर्नु हुन अनुरोध छ ।

  • एकिकृत घुम्ति शिविर २०७५-२-२१

    मिति २०७५।२।२१ गते जिल्ला प्रशासनको आयोजनामा बागलुङ जिल्ला तमानखोला गाउँपालिका वडा नं. १ बोंगादोभान स्थित गाउँपालिका कार्यालयको प्राङ्गणमा १ दिने एकिकृत घुम्ती सेवा शिविर संचालन भएको थियो । उक्त कार्यक्रममा जिल्ला प्रशासन कार्यालय बागलुङ्, एकिकृत सेवा केन्द्र बुर्तिवाङ, जलउत्पन्न प्रकोप व्यवस्थापन डिभिजन कार्यालय नं. १६ बागलुङ, नेपाली सेना अर्जुनवाण गण घोडाबाधे ब्यारेक बागलुङ्, जिल्ला प्रहरी कार्यालय बागलुङ, जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङ, महिला तथा बालबालिका कार्यालय बागलुङ र तथ्याङ् कार्यालय बागलुङ्को सहयोगमा नागरिकता महिला ४६ पुरुष २४ गरी जम्मा ७० जना, अपाङ्गता परिचय पत्र महिला ८ पुरुष १० गरी १८ जना, स्वास्थ्य परिक्षण महिला १२२ पुरुष ४८ गरी १७० जनालाई सेवा…

  • जिल्ला प्रहरी कार्यालय निरिक्षण --

    आज  मिति 2075.2.16 प्रमुख जिल्ला अधिकारी श्री वेद प्रसाद खरेलबाट जिल्ला प्रहरी कार्यालय बागलुङको निरिक्षण गर्नु भयो । साे क्रममा प्रहरी प्रमुख,प्रहरी अधिकृत र जवानहरुलाइ जनताको पिर मर्का बुझि द्रुत गतिमा मुस्कान सहितको सेवा प्रवाह गर्न निर्देशन गर्नुका साथै  जिल्लाको शान्ति सुरक्षा लगायतको विषयमा छलफल समेत भयो 

  • गणतन्त्र दिवस भव्यताका साथ मनाइएको --

    आज मिति २०७५ जेष्ठ १५ गते गणतन्त्र दिवसको अवसरमा बागलुङ जिल्लाको समीक्षालय चोकबाट जिल्ला समन्वय समिति प्रमुखज्यू, प्रमुख जिल्ला अधिकारीज्यू लगायत सुरक्षा निकाय, कार्यालय प्रमुख, पत्राकार, राजनैतिक दल आदिको उपस्थितिमा प्रभातफेरि गरी अञ्चल अस्पताल गई विरामीलाई फलफूल वितरण गरिएको साथै कारगार कार्यालयमा रहेका कैदी/बन्दीहरुलाई पनि फलफूल वितरण गरी जि.स.स.को सभाहलमा कार्यक्रम समापन गरिएको । साथै जिल्ला प्रशासन कार्यालय शिक्षा विकास तथा समन्वय इकाइ बागलुङले नव आगन्तुक प्रमुख जिल्ला अधिकारीज्यूलाई स्वागत कार्यक्रम गरिएको छ ।

  • कारागार कार्यालय निरिक्षण २०७५-२-१३

    अाज मिति 2075.2.13 प्रमुख जिल्ला अधिकारी श्री वेद प्रसाद खरेल र प्रहरी प्रमुख श्री  दिपक रेग्मी ज्यू बाट कारागार का कैदीहरु काे अवस्था तथा भवनकाे निरिक्षण भयो

  • सुपथ मुल्य पसल २०७४-५-२०

    बिजया दशमी, दिपावली र छठ पर्वलाई मध्येनजर गरि साल्ट ट्रेडीग कर्पोरेशन द्वारा २०७४/५/२० देखि डेढ महिना सम्म सुपथ मुल्यको पसल (नुन, चिनी) पसल प्रमुख जिल्ला अधिकारी द्वारा प्रारम्भ 

  • सार्वजनिक सुनुवाई --

    यस जिल्लाकाे बुर्तिवाङ गा वि स स्थित बुर्तिवाङ  बजारमा प्रमुख जिल्ला अधिकारी श्री भागिरथ पाण्डेय, स्थानिय विकास अधिकारी श्री भरत गाैतम र प्रहरी उपरिक्षक श्री चक्र वहादुर सिंह समेतकाे उपस्थितिमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

  • तिब्तियन शरणार्थिहरुकाे परिचयपत्र नविकरण --

    यस जिल्लाकाे वाेवाङ गा‍‌‍. वि.स. स्थित  तिव्बतियन क्याम्पमा रहेका ६० जना तिव्वतियन शरणार्थीहरुकाे २०७३ साल चैत्र मसान्त सम्मको लागि प्रमुख जिल्ला अधिकारी श्री भागिरथ पाण्डेयज्यूबाट परिचय पत्र नविकरण गर्ने कार्य सम्पन्न भएकाे छ ।

  • बिपद् जोखिम न्यूनिकरण २०७१-६-२७

    अाज मिति २०७१।६।२७ गते जिल्ला प्रशासन कार्यालयको अायोजनामा बिपद् जोखिम न्यूनिकरण सम्बन्धि अन्तर्राष्ट्रिय दिबस जीबनको लागि उत्थानशीलता,बिपद् र जेष्ठ नागरिक भन्ने नाराका साथ एक  अन्तरक्रिया कार्यक्रम गरी सम्पन्न गरियो।कार्यक्रममा राजनैतिक दल,कार्यालय प्रमुखहरू, बिपद् न्यूनिकरणका क्षेत्रमा क्रियाशिल निकायका ब्यक्तिहरू,जेष्ठ नागरिकहरू र पत्रकारहरूको उल्लेख्य सहभागिता रहेको थियो।कार्यक्रममा बक्ताहरूले बिपद्,यसबाट पर्ने असरहरू र जोखिम न्यूनिकरणका लागि गरिनुपर्ने उपायहरूका बारेमा बोलेका थिए।अायोजकका तर्फबाट बिपद्बाट सबैभन्दा बढि बालबालिका र जेष्ठ नागरिक प्रभाबित हुने भएकोले बिपद् न्यूनिकरण सम्बन्धि कार्यक्रम बनाउंदा यसतर्फ ध्यान दिनुपर्ने कुरामा प्रकाश पारिएको थियो।कार्यक्रम जिल्ला बिकास समितिको सभाहलमा सम्पन्न भएको थियो।

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय