नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
वागलुङ्ग


जिल्ला प्रशासन कार्यालय बागलुङको विशेष अनुरोध

  • जिल्ला प्रशासन कार्यालयबाट सेवा लिन आउनुभएका सेवाग्राहीहरुले सहायता कक्ष (Help Desk) मा  सम्पर्क गर्नुहोला ।
  • यस कार्यालयबाट प्रदान गरिने सेवाको लागि सेवाग्राहीले कुनै अतिरिक्त शुल्क तिर्नु पर्दैन । सरकारी दस्तुर वा शुल्क बुझाएपछि अनिवार्य रुपमा  रसिद      लिनुहोला । रसिदमा तोकिएको रकमभन्दा बढी रकम नतिर्नुहोला ।
  • यस कार्यालयबाट सेवा लिन कोही कसैलाई भनसुन गराउन वा सोर्स लगाउनु पर्दैन ।
  • जिल्ला प्रशासन कार्यालयका कर्मचारीसँग राम्रो सम्बन्ध छ भनी कसैले कुनै काम मिलाइदिन्छु भनेको छ भने त्यस्ता व्यक्तिको विश्वास नगर्नुहोस ।
  • आफ्ना महत्वपूर्ण कागजातहरु असम्बन्धित व्यक्तिहरुलाई नदिनुहोला ।
  • नगरपालिका वा गाउँपालिकाबाट सिफारिस भई आएका कामको लागि थप निवेदन लेख्नु पर्दैन ।
  • जिल्ला प्रशासन कार्यालयबाट प्रवाह गरिने सेवामा जेष्ठ नागरिक, अपाङ्ग, अशक्त र विपन्नहरुका लागि प्राथमिकता पूर्वक सेवा दिइन्छ । लाइनमा बस्न वा पालो पर्खन पर्दैन । सिधै सहायता कक्षमा सम्पर्क गर्नुहोला ।
  • द्रुत सेवाबाट राहदानीको लागि सिफारिस लिन आउनुभएका सेवाग्राहीहरुले छुट्टै फाराम भर्नु पर्दैन । यस कार्यालयबाट निशुल्क उपलब्ध गराइएको फाराम भरी सेवा लिनुहोला ।
  • यस कार्यालयमा आउने सेवाग्राहीहरुको हितलाई ध्यानमा राखी नि:शुल्क WiFi  सेवा उपलब्ध गराइएको छ । सेवा लिनको लागि सहायता कक्ष (Help Desk) मा सम्पर्क गर्नुहोला ।
  • जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा लिन कुनै विचौलियाको सहायता लिनु पर्दैन आफै सहायता कक्षमा गएर समस्या राख्नुहोला ।
  • यस कार्यालयबाट साधारण राहदानीको लागि फाराम भरी पठाउनुभएका निवेदकहरुले राहदानी बनेर आए/नआएको बुझ्न यस कार्यालयको नोटिस बोर्ड नम्बर 1618068520233 मा सम्पर्क गर्नुहोला ।
  • कार्यालयको सेवा सम्बन्धी थप जानकारी आवश्यक परेमा यस कार्यालयको वेबसाइट www.moha.gov.np/baglung मा हेर्न सक्नुहुनेछ । साथै यस कार्यालयको फेसबुक पेज @baglungprasasan खोजी गरी जिल्ला प्रशासन कार्यालय बागलुङबाट पनि आवश्यक जानकारी र सूचनाहरु प्राप्त गर्न सकिन्छ ।
  • यस कार्यालयका कर्मचारीहरु प्रचलित कानून बमोजिम तपाईको सेवा गर्न हरदम प्रयत्नशील छन् । तपाईको सन्तुष्टी नै हाम्रो सन्तुष्टी हो ।
  • जिल्ला प्रशासन कार्यालय वा जिल्ला स्थित अन्य कार्यालय सम्बन्धी कुनै गुनासो वा सुझाव भएमा प्रमुख जिल्ला अधिकारीलाई सिधै सम्पर्क गर्नुहोला वा फोन नं. 9857607777 मा सम्पर्क गर्नुहोला ।

Additional Documents

No file found

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय