Turn on Accessibility Mode
Skip to main content Skip to main navigation Skip to website search Skip to website search
Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Baglung

Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Baglung

Wednesday, Ashadh 24, 2083

Accessibility Menu

भाषा (Website Language)

हालको भाषा अङ्ग्रेजी हो । You're viewing the website in english language

नेपाली भाषामा परिवर्तन गर्नुहोस्

Font Size

Color Mode/Filter

Protanopia (for red-weakness), Deuteranopia (for green-weakness), Tritanopia (for blue-weakness). Learn more

Bandwidth

On low bandwidth mode, images and files will not load making website faster and consumes less data Low Bandwidth

Other Tools

Dedicated accessibility mode focuses on the content than on appearance, menu flatens, sliders unfold

Introduction of the district

2076-05-16

2076-05-16


परिचयः

गण्डकी प्रदेशमा पर्ने  पहाडी जिल्ला बागलुङ साविक धौलागिरी अञ्चलको अञ्चल सदरमुकामको रुपमा रहेको छ । प्रशासनिक विभाजन अनुसार यस जिल्लाको पूर्वमा पर्वत, पश्चिममा रोल्पा, रुकुम, उत्तरमा म्याग्दी तथा दक्षिणमा प्यूठान र गुल्मी जिल्ला रहेका छन् । प्रतिनिधी सभा २ निर्वाचन क्षेत्र, प्रदेश सभा ४ निर्वाचन क्षेत्र र ४ नगरपालिका, ६ गाउँपालिका गरी १० वटा स्थानिय तह यस जिल्लामा छन् । यो अक्षांशीय हिसाबले २८ डिग्री १५ मिनेट उत्तरी अक्षांश देखि २८ डिग्री ३७ मिनेट उत्तरी अक्षांशसम्म र देशान्तरीय हिसाबले ८३ डिग्री पूर्वी देशान्तर देखि ८३ डिग्री ३६ मिनेट पूर्वी देशान्तरसम्म १७८४ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएर रहेको छ । वि.सं. २०६८ सालको जनगणना अनुसार यस जिल्लाको जनसंख्या पुरुष ‌१,१७,९९७ र महिला ,५०,६१६ गरी कुल ,६८,६१३ रहेको छ । लोक्ताको जिल्ला, झोलुंगे पुलको जिल्ला जस्ता उपनामले परिचित यस जिल्ला नेपाल भित्रको सानो नेपाल जस्तै आकारमा पूर्व पश्चिम भै फैलिएर रहेको छ । बागलुङ कालिका भगवती मन्दिर, नेपालको एक मात्र शिकार आरक्ष ढोरपाटन शिकार आरक्ष, गाँजा दह, घुम्टेको लेक जस्ता महत्वपूर्ण सम्पदाले यसको पहिचानलाई अझ शिखरमा पुर्‌याएका छन् । चैते दशै मेला, हनुमान नाच, लाखे नाच जस्ता सांस्कृतिक पर्वहरु, रुद्र ताल, गाँजाको दह, नील दह जस्ता प्रमुख ताल एवं कुण्डहरु, यानीमाया, सालैजो, सोरठी नृत्य, घाँटु नाँच लगायतका लोकसंस्कृतिको धनी यस जिल्लाका प्रमुख व्यापारिक महत्वका ठाउँहरुमा बागलुङ बजार, बुर्तिबाङ बजार, हटिया बजार, शेरा बजार, खार बजार, हरिचौर बजार आदि हुन् । यस जिल्लामा मुख्य रुपमा ब्राह्मण, क्षेत्री तथा जनजातिहरुको बसोबास रहेको छ । मुख्य पेशा कृषि रहेको र यस जिल्लामा वैदेशिक रोजगारीमा जानेको संख्या उल्लेख्य रहेको हुँदा विप्रेषण भित्र्याउने प्रमुख जिल्लाहरुमध्ये मा पनि चिनिन्छ ।

नामाकरणः-

यस जिल्लाको नाम बागलुङ रहनुमा धेरै किम्बदन्तीहरू रहेको पाइन्छ ।

  • संस्कृत भाषामा व्यांघ्रालुनातीति शब्दमा "व्याघ्रको" अर्थ "बाघ" "लुनातीति"को अर्थ "लुञ" अर्थात छेदनु/ काट्नु वा मास्नु हो। कुनै समयमा यस ठाउँमा बाघै बाघहरूको ताँती हुनुको कारण यहाँको जनजीवन अति नै भयावह थियो। यस्तो डरलाग्दो वा दयनीय अवस्थालाई देखेर त्यस बेलामा मगर जातिका बलिया व्यक्तिहरूको समूहहरूको सक्रियतामा ती बाघहरूलाई छेदनु/ काट्ने वा मास्ने जस्ता काम गरेका हुँदा बाघहरूलाई मास्ने उद्देश्यले गरेको कार्यको अर्थमा यस ठाउँको नाम "बाघ्रलुञ वा ब्याघ्रलुञ" रहन गई अपभ्रंश भई बागलुङ रहन गएको मानिन्छ।
  • त्यस्तै गरी बाघ प्रचलित खस भाषा हो। "लुङ"को अर्थ लस्कर वा ताँती पंक्तिवद्ध वा लामको अर्थलाई जनाउँछ। त्यस समयमा बाघहरूको लस्कर लाग्ने थलो भएकोले यस ठाउँको नाम "बाघलुङ" रहन गएको र पछि बागलुङ भएको हो भन्ने भनाई पनि रहेको छ।
  • मगर भाषामा "वाग"को अर्थ कहीं केही उठेको खण्ड र "लुङ"को अर्थ कहीं केही मैदान वा समथरलाई बुझाउँछ। यसर्थ "बागलुङ"को भौगोलिक वनावटलाई हेर्ने हो भने कतै उठेको र कतै मैदान वा समथर जमीनको भाग भएकोले पनि यस ठाउँको नाम बागलुङ रहन गएको हो भन्ने प्रष्ट हुन्छ।

इतिहासः

सोह्र हजार पर्वतको नामले प्रसिद्ध यस जिल्ला नेपालको एकिकरण पूर्व चौविसे राज्य अन्तर्गत पर्दथ्यो जुन समयमा कोट कोटबाट भुरे टाकुरे राजाहरूले राज्य चलाउँदथे। ती कोट मध्ये यस जिल्ला अन्तर्गत पर्ने गल्कोट बिहुँकोट, संसारकोट, अर्नाकोट र माझकोट प्रसिद्ध मानिन्थ्यो।

चौधौ शताव्दीमा जुम्लामा राजाहरूले आफ्नो राज्य विस्तार गर्ने क्रममा विसं १४२९ तिर मलेबम जुम्लाको राजगद्दीमा बसेपछि पूर्व तर्फका धेरै राज्यहरू जिते। बागलुङ जिल्लाका निशेल भुजेल भन्ने चार हजार पर्वत ईलाकामा त्यस बेला मगरहरूको रजाइँ थियो। जुन समयमा रुकुममा मलेबम्का छोरा पिताम्बर र नाति जैतुबम्ले शासन चलाएका थिए। मगर राजाहरूले यस जिल्लाको राज्य प्रभावकारी रूपमा सञ्चालन गर्न रुकुमको राजधानी गोथाममा गई राजा जैतुबम्का आठ भाइ राजकुमार मध्ये एउटा मागे। राजाले जेठा छोरा बाहेक बाँकी भाइमा रोजेर लाने आज्ञा दिएकोले राती सुतेको ठाउँमा हेर्न जाँदा माहिला राजकुमार आनन्दवम्को शिरतिर बढेको देखि उनलाई पिठ्यूँमा बोकेर भुजेलहरूले पर्वतमा ल्याए। पर्वतेहरूले यी राजालाई तीन नामले पुकार्दथेः- गोथामबाट ल्याएको गोथम्ब, पिठ्यूँमा बोकेर ल्याएकोले पिठम्ब र आउने राजकुमारको नाम आनन्द भएकोले आनन्द। राजाका साथमा मुडुला कार्की, रुचाल तथा पौडेलहरू पनि आएको किम्बदन्ती छ। विसं १५१० तिर आनन्दवम सोलेपार पर्वतका राजा बने। त्यस बेलासम्म पनि गल्कोट, बिहुँकोट र चन्द्रकोटामा भुरे राजाहरूले राज्य गर्दथे जसमध्ये बलेवा र बागलुङ माझकोट अन्तरगत र थन्थाप चन्द्रकोट अन्तर्गत थिए।

आनन्द बम र चन्द्रबमपछि डिम्ब नामको दिलिपले आफ्नो शासनकालमा बिहुँकोट, गल्कोट र ताकमलाई विजय गरी आफ्नो राज्यलाई ४००० पर्वतबाट १४००० पर्वत पुर्र्याए। उनले राज्यमा सु-व्यावस्था ल्याउन आफ्ना माहिला भाइलाई डाँडाकोट, साहिँला भाईलाई विहुँकोट र कान्छा भाईलाई गल्कोटमा राखेका थिए। राजा डिम्ब वर्षा याममा ढोरमा र हिउँदमा ताकममा बसी राज्य चलाउँथे। ह्यामिलटनको भनाइ अनुसार "गल्कोट एउटा सानो राज्य थियो जहाँ ३००० घरहरू थिए। राजाको दरबार पहाडको टाकुरामा थियो। त्यस दरबारको वरिपरि ५०० खरका झुपडीहरू थिए। यहाँ ३ वटा तामा र १ फलाम खानी थियो। खानीहरूमा केही आधिकारीक व्यक्तिहरूले मात्र काम गर्न पाउँथे। राजाको बार्षिक आम्दानी रु ३५००।- थियो। यहाँका राजाले बिना कुनै युद्ध नै गोर्खाली सेना अगाडि समर्पण गरेका थिए।"

यस गल्कोट राज्यको बारेमा इतिहासकार कर्क प्याट्रिकले पनि लेखेका छन। उनको भनाइ अनुसार "गल्कोट एउटा ठूलो शहर थियो र गल्कोट नामको एउटा ठूलो किल्ला थियो। यो गल्कोट चौविसी राजाहरू मध्ये एक थियो।" एक वंशावलि अनुसार राजा डिम्बका पालामा गण्डकी र कर्णाली प्रदेशका राजाहरूले दिल्लीका बादशाह कहाँ पाँच-पाँच वर्षमा सिर्तो लैजाने गर्दथे। त्यस सिर्तोमा आफ्ना राज्यमा पाइने कस्तुरीको विना, बाज, डाँफे, मयुर, चितुवाको छाला, पश्मिनाको पछ्र्यौरा आदि हुन्थे। राजा डिम्बले पनि युवराज नागबमलाई विसं १५३० तिर दिल्ली पठाए। बादशाहबाट "मल्ल" भन्ने पदवी दिईएको हुँदा युवराज नागबम त्यसवेला देखि नागबम मल्ल भए। यिनैको पालामा जितेको मादीखोला पूर्वको डाँडाकोटलाई त्यहाँका क्षेत्रीहरूले मल्ल राज्य भनी नाउँ राखे जुन आज पनि राजभक्ति देखाएकोले मल्ल राज्यको नामले प्रसिद्ध छ। राजा डिम्व १२० वर्ष सम्म बाँचेका थिए भन्ने जनश्रुति छ। यिनले ८४ वर्षको उमेरमा आफ्नो जेठा छोरा नागबम पनि अस्वस्थ्य भएकोले एक मात्र नाति प्रतापी नारायणलाई विसं १५९० तिर पर्वतको राज्य सुम्पे। यिनको शासन कालमा यहाँ प्रशस्त मात्रामा जङ्गल भएकोले पशुपालन र अन्य धेरै काममा महत्वपूर्ण स्थान थियो। नुन र सुन भोट तिरबाट पैठारी हुन्थ्यो। प्रतापी नारायण मल्लले राजा हुने बित्तिकै पाल्पाली राजा मुकुन्द सेनकी छोरीसँग विवाह गरे। पाल्पाली राजाले छोरीलाई कालिका देवीको मूर्ति दाईजो दिएर पठाए। हाल सो मूर्ति बागलुङ जिल्लाको सदरमुकाम बागलुङ बजार नजीक कृष्ण गण्डकी र काठेखोलाको दोभान निर एउटा हात्ती सुँडे आकारको रमणीय वनमा निर्मित मन्दिरमा कालिका भगवती देवीको नामले प्रसिद्ध छ। देवीको साथमा पाल्पाबाट खड्ग समाती आउने खड्का क्षेत्रीलाई पूजारी बनाए। राजा प्रतापी नारायणले स्थापना गरेको यस मन्दिरको पूर्व ढोका खोल्नु हुँदैन भन्ने किम्बदन्ती अझै पनि प्रचलित छ। यस मन्दिरको पूजा खर्चको निमित्त राजाले गुठी राखी दिएका थिए। राजा प्रतापी नारायणको पाल्पासँग वैवाहिक सम्बन्ध पछाडि चौविसी राज्य पाल्पा र पर्वत बलिया राज्य भए। यिनको करीव ३० वर्षको शासनकाल पछाडि आफ्ना जेठा छोरा किरातीबम मल्ललाई गल्कोट माहिला राजबम मल्ललाई पर्वत र कान्छा कल्याणबम मल्ललाई कास्कीको राज्य सुम्पी आफु काशीबास गए।

पृथ्वी नारायण शाहको नेपालको एकिकरण अभियानमा गुल्मी, अर्घाखाँची, प्युठान, पर्वत कब्जा गरी अन्त्यमा बलेवा हुँदै बागलुङ समेत नेपाल अधिराज्यमा गाभियो।

Last Updated : 2083-03-22 16:21:52

© All Rights Reserved to District Administration Office, Baglung .