Turn on Accessibility Mode
Skip to main content Skip to main navigation Skip to website search Skip to website search
Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Baglung

Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Baglung

Saturday, Ashadh 06, 2083

Accessibility Menu

भाषा (Website Language)

हालको भाषा अङ्ग्रेजी हो । You're viewing the website in english language

नेपाली भाषामा परिवर्तन गर्नुहोस्

Font Size

Color Mode/Filter

Protanopia (for red-weakness), Deuteranopia (for green-weakness), Tritanopia (for blue-weakness). Learn more

Bandwidth

On low bandwidth mode, images and files will not load making website faster and consumes less data Low Bandwidth

Other Tools

Dedicated accessibility mode focuses on the content than on appearance, menu flatens, sliders unfold

Citizenchater with room number

2077-04-06

2077-04-06


   नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय‚ बागलुङ

नागरिक वडापत्र

 

१. नागरिकता

क्र.सं.

सेवाको विवरण

आवश्यक कागजतहरु/प्रमाणपत्रहरु

लाग्ने समय

लाग्ने शुल्क

जिम्मेवार कर्मचारी/शाखा

गुनासो सुन्ने अधिकारी

कोठा नं.

१.१

वंशजको आधारमा नेपाली नागरिकता

(क) निवेदक बागलुङ जिल्लाकै भएको हकमा

१. अनुसूची १ को फाराममा वडा अध्यक्षको सिफारिस

२. बाबु र आमाको नागरिकता र विवाहिता महिला भए पतिको नागरिकताको फोटोकपी र विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपी । सो नभए दाजु वा वंशज खुल्ने ३ पुस्ता भित्रको नातेदारको नागरिकताको फोटोकपी र नाता प्रमाणित प्रमाण पत्र ।

३. बाबु‚ आमा वा नागरिकता भिड्ने व्यक्तिबाट सनाखत‚ सो नभए दाजु वा भाइ वा तीन पुस्ता भित्रको नजिकको अभिभावकसँगको नाता प्रमाणित सहित सनाखत

४. उक्त प्रमाणहरु पेश हुन नसकेमा वंशज खुल्ने अन्य प्रमाणहरु ।

५. फोटो २ प्रति (कर्मचारी परिवार भए ३ प्रति) ।

६. जन्मदर्ता‚ जन्ममिति खुल्ने शैक्षिक प्रमाणपत्र वा नाबालक परिचयपत्र ।

(ख) अन्य जिल्लाबाट बसाईसराई गरी आउनेको हकमा

१. स्थानीय पञ्जिकाधिकारीको कार्यालयबाट जारी भएको बसाइ सराइको प्रमाण पत्र ।

२. जग्गा धनी दर्ता प्रमाण पुर्जा र घरको नक्सा वा प्रमाण पुर्जा

३. पानी‚ बिजुली‚ टेलीफोन महशुल कार्ड जस्ता घरबासको प्रमाण

४. बसाई सरेर आउनेहरुको लागि बसाई सरी आएको जिल्लाबाट बाबु‚ आमा वा सनाखत गर्ने व्यक्तिको नागरिकता अभिलेख माग गरी सोको भिडेको अभिलेख प्राप्‍त हुनु पर्नेछ ।

प्रमाण पुगेकोमा सोही दिन

रु.१० को टिकट

स.प्र.जि.अ. /प्र.अ./ना.सु.

स.प्र.जि.अ.को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.

१०८ भुई तलामा

१.२

वैवाहिक अंगिकृत नागरिकता

(महिलाका लागि)

१. अनुसूची ७ को फाराममा वडा अध्यक्षको सिफारिस

२. पतिको नागरिकताको प्रतिलिपी

३. विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपी

४. विदेशी नागरिकता परित्याग गर्न कारवाही चलाएको प्रमाण

५. पतिको सनाखत‚ पति नभएमा पतिको नाता भिड्ने नजिकको नातेदारको सनाखत

६. हालसालै खिचिएको फोटो २ प्रति (कर्मचारी परिवार भए ३ प्रति)

७. भिसा लाग्ने देशको महिला भए मान्य अवधिको भिसा

प्रमाण पुगेकोमा सोही दिन

रु.१० को टिकट

स.प्र.जि.अ. /प्र.अ./ना.सु.

स.प्र.जि.अ.को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.

१०८ भुई तलामा

१.३

कर्मचारी परिवार

१. जिल्लामा कार्यरत नेपाल सरकारको स्थायी कर्मचारी‚ सरकारी संस्थान‚ विश्‍वविद्यालय‚ सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकका परिवार भए सम्बन्धित निकायको सिफारिस पत्र

२. अनुसूची १- वंशज र अनुसूची ७ वैवाहिक अंगिकृतको हकमा स्थानीय तहको सिफारिस फाराम

३. वंशजका लागि हालसालै खिचिएको २ प्रति फोटो‚ वैवाहिक अंगिकृतका लागि ५ प्रति फोटो ।

४. पिता/पति वा नजिकको नातेदारको नागरिकता सहित सनाखत

५. जन्ममिति खुल्ने जन्मदर्ता‚ शैक्षिक प्रमाण पत्र वा नाबालक परिचयपत्र ।

६. विवाहित महिला भए विवाह दर्ता प्रमाण पत्र र पतिको नागरिकता प्रमाण पत्र ।

प्रमाण पुगेकोमा सोही दिन

रु.१० को टिकट

स.प्र.जि.अ. /प्र.अ./ना.सु.

स.प्र.जि.अ.को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.

१०८ भुई तलामा

 

२. नागरिकता प्रतिलिपी

क्र.सं.

सेवाको विवरण

आवश्यक कागजतहरु/प्रमाणपत्रहरु

लाग्ने समय

लाग्ने शुल्क

जिम्मेवार कर्मचारी/शाखा

गुनासो सुन्ने अधिकारी

कोठा नं.

२.१

वंशजको नागरिकता प्रतिलिपी

(क) बागलुङ जिल्लाको हकमा

१. सम्बन्धित स्थानीय तहबाट सिफारिस अनुसूची फाराम र फोटो ३ प्रति

२. नागरिकता प्रमाण पत्र नं. एवं जारी मिति खुलेको प्रमाण र सोको प्रतिलिपी ।

(ख) अन्य जिल्लाबाट जारी भएको नागरिकताको प्रतिलिपी लिनु परेमा

१. बसाई सराई दर्ता प्रमाण पत्र सक्कल तथा प्रतिलिपी

२. घर जग्गा स्थायी बसोबास लालपुर्जा सक्कल तथा प्रतिलिपी

३. जारी भएको जिल्लाको अभिलेख भिडेको प्रमाण ।

(ग) कर्मचारी परिवारको हकमा

१. सम्बन्धित कार्यालयको सिफारिस पत्र

२. जारी भएको जिल्लाबाट अभिलेख भिडेको प्रमाण

३. कर्मचारीको परिचयपत्रको फोटोकपी ।

(घ) पतिको नामथर समावेश गरी प्रतिलिपी लिन

१. पतिको सक्कल नागरिकताको प्रमाण पत्र र सनाखतको लागि उपस्थिति

२. विवाह दर्ता सक्कल तथा प्रतिलिपी

३. अन्य जिल्लाबाट नागरिकता प्रमाणपत्र जारी भएको भए सम्बन्धित जिल्लाबाट अभिलेख भिडेको प्रमाण ।

प्रमाण पुगेकोमा सोही दिन

निवेदन दस्तुर वापतको रु.१०।- र नक्कल दस्तुर वापतको रु.३।- गरी रु.१३।- को टिकट

स.प्र.जि.अ. /प्र.अ./ना.सु.

स.प्र.जि.अ.को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.

१०८ भुई तलामा

२.२

वैवाहिक अंगिकृत तथा जन्मसिद्ध नेपाली नागरिकताको प्रतिलिपी

१. अनुसूची फाराम सम्बन्धित स्थानीय तहबाट सिफारिस र ३ प्रति फोटो

२. नागरिकता प्रमाण पत्र नम्बर एवं जारी मिति खुलेको प्रमाण

३. बसाईसराई गरी आएका अन्य जिल्लाहरुबाट ना.प्र. लिएका व्यक्तिको हकमा बसाइसराई परमाण पत्र‚ जग्गाधनी पुर्जा र घर निर्माण गर्ने स्वीकृति पत्र समेत पेश गर्नु पर्ने छ ।

४. प्रकरण ३ बमोजिमका निवेदकलाई नागरिकता प्रमाण पत्र जारी गर्ने जिल्ला प्रशासन कार्यालयबाट अभिलेख भिडेको प्रमाण प्राप्‍त भएपछि मात्र नागरिकता प्रमाण पत्रको प्रतिलिपी दिइनेछ ।

प्रमाण पुगेकोमा सोही दिन

निवेदन दस्तुर वापतको रु.१०।- र नक्कल दस्तुर वापतको रु.३।- गरी रु.१३।- को टिकट

स.प्र.जि.अ./प्रशासकीय अधिकृत/नायब सुब्बा

स.प्र.जि.अ.को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.

१०८ भुई तलामा

२.३

अङ्गीकृत नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपी

१. अनुसूची फाराम सम्बन्धित स्थानीय तहबाट सिफारिस र फोटो ३ प्रति

२. ना.प्र.प.नं. र जारी मिति खुलेको प्रमाण

३. निवेदन पेश हुन आएपछि जिल्लामा अभिलेख नभएकाहरुको हकमा सम्बन्धित व्यक्तिको अङ्गीकृत नेपाली नागरिकताको प्रमाण पत्रको अभिलेख पठाईदिन गृह मन्त्रालयमा र सम्बन्धित व्यक्ति एकिन गर्न स्थलगत सर्जमिन गरी पठाउन जिल्ला प्रहरी कार्यालयमा लेखी पठाउने ।

४. माथि बुँदा नं. ३ बमोजिमको प्रमाण प्राप्‍त भएपछि ना.प्र.प. प्रतिलिपी दिइने छ ।

प्रमाण पुगेकोमा सोही दिन

निवेदन दस्तुर वापतको रु.१०।- र नक्कल दस्तुर वापतको रु.३।- गरी रु.१३।- को टिकट

स.प्र.जि.अ./प्रशासकीय अधिकृत/नायब सुब्बा

स.प्र.जि.अ.को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.

१०८ भुई तलामा

२.४

नागरिकता परित्याग

१. सक्कल नागरिकता प्रमाण पत्र

२. सक्कल राहदानी

३. अनुसूची ९ फाराम (फोटो सहित)

४. विदेशी राष्ट्रबाट प्राप्‍त गरेको नागरिकता प्रमाणपत्र तथा राहदानी वा प्राप्‍त हुने अग्रिम जानकारी पत्र (No Objection Letter)

निर्णय प्रक्रिया पुगेपछि

रु.१० को टिकट

स.प्र.जि.अ./प्रशासकीय अधिकृत/नायब सुब्बा

स.प्र.जि.अ.को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.

१०८ भुई तलामा

 

३. राहदानी(Machine Readable Passport)

क्र.सं.

सेवाको विवरण

आवश्यक कागजतहरु/प्रमाणपत्रहरु

लाग्ने समय

लाग्ने शुल्क

जिम्मेवार कर्मचारी/शाखा

गुनासो सुन्ने अधिकारी

कोठा नं.

३.१

साधारण राहदानी

(क) निवेदकको नागरिकता प्रमाण पत्र बागलुङबाट जारी भएको हकमा

१. रितपूर्वक भरिएको दरखास्त फारम २ प्रति

२. नेपाली नागरिकता प्रमाण पत्रको सक्कल प्रति र सोको १ प्रति प्रतिलिपी (ना.प्र. शाखाबाट ना.प्र.प. भिडेको हुनु पर्ने छ)

३. हालसालै खिचेको निर्धारित ढाचाको MRP फोटो ३ प्रति

४. नाबालकको हकमा जिल्ला प्रशासन कार्यालय‚ बागलुङबाट जारी गरिएको नाबालक परिचय पत्र र निजको बाबु वा आमा मध्ये कुनै १ जनाको नागरिकताको प्रमाण पत्र र सोको प्रतिलिपी । संरक्षक नियुक्त भएमा संरक्षक भएको व्यहोरा खुल्ने लिखतको सक्कल प्रति र संरक्षकको नागरिकताको सक्कल प्रमाण पत्र र सोको प्रतिलिपी ।

५. पहिले नै राहदानी लिएको भए सोको सक्कल प्रति र प्रतिलिपी

६. राहदानी दस्तुर रु. ५‚०००/- तिरेको रसिद र १० वर्ष मुनीको नाबालकको हकमा रु.२‚५००/- तिरेको रसिद । (राहदानी हराएको/च्यातिएको वा कुनै किसिमले बिग्रिएको भएमा दोब्बर दस्तुर लाग्नेछ ।)

७. निवेदक स्वयं उपस्थित हुनु पर्ने छ ।

अन्यत्र जिल्लाबाट नागरिकता लिएर बसाईसराई गरी बागलुङ जिल्लामा आउनेको हकमा

१. रितपूर्वक भरिएको दरखास्त फाराम २ प्रति

२. नेपाली नागरिकता प्रमाण पत्रको सक्कल प्रति  र सोको १ प्रति प्रतिलिपी  ।

३. हालसालै खिचिएको निर्धारित ढाँचाको MRP फोटो ३ प्रति

४. महिलाको हकमा विवाह दर्ता प्रमाण पत्र

५. पतिको नागरिकताको प्रमाण पत्रको प्रतिलिपी

६. सम्बन्धित जिल्लाबाट नागरिकताको अभिलेख बुझिनेछ ।

अन्यत्र जिल्लाबाट नागरिकता लिएर विवाह गरी बागलुङ जिल्लामा आउनेको हकमा

१. रीतपूर्वक भरिएको दरखास्त फाराम २ प्रति

२. नेपाली नागरिकता प्रमाण पत्रको सक्कल प्रति र सोको १ प्रति प्रतिलिपी

३. हालसालै खिचेको निर्धारित ढाँचाको (MRP) फोटो ३ प्रति

४. सम्बन्धित जिल्लाबाट नागरिकताको अभिलेख बुझिनेछ ।

बागलुङ जिल्ला स्थित सरकारी निकायमा कार्यरत कर्मचारी र कर्मचारी परिवारको हकमा

१. रित पूर्वक भरिएको दरखास्त फारम २ प्रति

२. नेपाली नागरिता प्रमाण पत्र सक्कल प्रति र सोको प्रतिलिपी १ प्रति ।

३.हालसालै खिचिएको निर्धारित ढाँचाको MRP फोटो ३ प्रति

४. सम्बन्धित निकायको सिफारिस पत्र

५. सम्बन्धित जिल्लाबाट नागरिकताको अभिलेख बुझिने

६. अन्य जिल्लाबाट नाबालक परिचय पत्र बनिसकेको हकमा सम्बन्धित जिल्लाबाट अभिलेख बुझिलिने छ ।

७. कर्मचारी परिचय पत्रको प्रतिलिपी १ प्रति

निवेदन पेश गरेको ३०-३५  दिन

रु. ५‚०००/-

१० वर्ष मुनीको नाबालकको हकमा रु.२‚५००/-

स.प्र.जि.अ. /प्र. अ./ना. सु.

स.प्र.जि.अ.को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.

१०९ भुई तलामा

३.२

द्रुत (Urgent) सेवाको राहदानी सिफारिस

१. द्रुत सेवा मागको रु.१० को टिकट टाँस गरी निवेदन सँगै निवेदक स्वयं उपस्थित हुनु पर्नेछ ।

२. माथि दफा १० मा उल्लेखित राजश्‍व तिरेको रसिद बाहेक सबै कागजातहरु ।

३. Online Form दुई प्रति (पछाडि सिफारिश व्यहोरा भएको)

४. पेश गरेका कागजातहरुको सक्कल लिएर आउनु पर्ने

५. द्रुत सेवा (Urgent Service) १‚ २‚ ३ दिनको लागि राहदानी विभागमा जानु पर्ने छ ।

 

रु. १० को टिकट

स.प्र.जि.अ./प्रशासकीय अधिकृत/नायब सुब्बा

स.प्र.जि.अ.को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.

१०९ भुई तलामा

३.३

हराएको राहदानी पुनः प्राप्‍ती सम्बन्धी

१. साविकको राहदानीको प्रतिलिपी

२. विदेशमा राहदानी हराएकाको हकमा ट्राभल डकुमेन्ट

निवेदन पेश गरेको ३०-३५  दिन

लाग्ने दस्तुरको दोब्बर दस्तुर लाग्नेछ ।

 

स.प्र.जि.अ./प्रशासकीय अधिकृत/नायब सुब्बा

स.प्र.जि.अ.को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.

१०९ भुई तलामा

 

 

 

 

 

४. मुद्दा

क्र.सं.

सेवाको विवरण

आवश्यक कागजतहरु/प्रमाणपत्रहरु

लाग्ने समय

लाग्ने शुल्क

जिम्मेवार कर्मचारी/शाखा

गुनासो सुन्ने अधिकारी

कोठा नं.

४.१

जरुरी पक्राउ पुर्जी समर्थन तथा पक्राउ अनुमति

पक्राउ गर्ने जिल्ला प्रहरी कार्यालयले बाटोको म्याद र सार्वजनिक विदा बाहेक२४ घण्टा भित्र थुनुवा सहित प्रमुख जिल्ला अधिकारी समक्ष पेश गर्ने

तुरुन्त

--

प्रमुख जिल्ला अधिकारी

प्रमुख जिल्ला अधिकारी

१०३ भुई तलामा

४.२

म्याद थप

जिल्ला प्रहरी कार्यालयले थुनुवा सहित प्रशासकीय अधिकृत समक्ष पेश गर्ने

तुरुन्त

--

प्र.जि.अ./प्र.अ./ना.सु.

प्र.जि.अ.

१०३ भुई तलामा

४.३

मुद्दा दर्ता/ बयान/थुनछेक आदेश /म्याद जारी

१. प्रमुख जिल्ला अधिकारीको आदेशानुसार हुने ।

२. अभियोग पत्र साथ प्रतिवादीलाई कार्यालय बन्द हुने समय भन्दा कम्तीमा १ घण्टा पहिले उपस्थित गराईएको हुनु पर्ने ।

३. फरार प्रतिवादीको तीन पुस्ता विवरण‚ स्पस्ट वतन र सम्पर्क नं. समेत अभियोग पत्रमा स्पष्ट खुलेको हुनुपर्ने ।

सोही दिन

प्रचलित कानून बमोजिम

प्र.जि.अ./प्र.अ./ना.सु.

प्र.जि.अ.

१०३

भुई तलामा

४.४

म्याद तारेख तोक्ने/प्रमाण मुकरर गर्ने/ पेशी तोक्ने

१. सम्बन्धित प्रतिवादी तारेखमा रहेको वा म्याद/तारेख गुजारेको वा थुनामा रहेको र अंग पुगेको हुनु पर्ने ।

 

 

प्र.जि.अ./प्र.अ./ना.सु.

प्र.जि.अ.

१०३

भुई तलामा

४.५

तारेखमा बोलाउने/तारेख थाम्ने

१. तारेख पर्चा/धरौटी जम्मा गरेको रसिद सहित तोकिएको दिन प्रतिवादी आफैं उपस्थित हुने ।

२. पटक पटक वा १ पटक बढीमा १५ दिन तारेक थाम्न पाइने भएकोले सो को लागि रु. १० को टिकट टाँस गरी तोकिएको ढाँचामा निवेदन दिनु पर्ने ।

सोही दिन

रु. १० को टिकट

प्र.जि.अ./प्र.अ./ना.सु.

प्र.जि.अ.

१०३

भुई तलामा

४.६

फैसला तयारी गर्ने

प्रमुख जिल्ला अधिकारीको आदेशानुसार हुने

 

प्रचलित कानून बमोजिम

प्र.जि.अ./प्र.अ./ना.सु.

प्र.जि.अ.

१०३

भुई तलामा

४.७

फैसलाको प्रमाणित प्रतिलिपी दिने

मिसिलमा संलग्न कागजात र निर्णय/फैसलाको प्रमाणित प्रतिलिपी लिनका लागि सरोकारवालाले तोकिएको ढाँचामा निवेदन र तोकिएको दरका टिकट टाँस गर्नु पर्ने छ ।

 

प्रचलित कानून बमोजिम

प्र.जि.अ./प्र.अ./ना.सु.

प्र.जि.अ.

१०३

भुई तलामा

४.८

सवारी दुर्घटनाका मृतकका हकदार/घाइतेलाई क्षतिपुर्ति/राहत‚ औषधि उपरचार दिलाई भराई दिने

१. दुर्घटना पुष्टी हुने मुचुल्का सहितका कागजातहरु (सम्बन्धित प्रहरी कार्यालयबाट) घटना मुचुल्का‚ लाश बुझेको पत्र‚ मेडिकल प्रतिवेदन‚ मृतकको नागरिकता‚ मृत्यूदर्ता प्रमाण पत्र‚ नजिकको हकदारको नागरिकता प्रमाण पत्र‚ नाताप्रमाणित प्रमाणित‚ सम्बन्धित स्थानीय तहको सिफारिस सहित सम्बन्धित व्यक्ति/हकदार स्वयं उपस्थित हुनु पर्ने छ ।

२. सवारी धनीका तर्फबाट सवारी धनी प्रमाण पत्र‚ बीमा आलेख‚ अख्तियारनामा रकम बुझाउनेको परिचय पत्र सहित सम्बन्धित व्यक्ति उपस्थित हुनु पर्ने ।

 

प्रचलित कानून बमोजिम

प्र.जि.अ./प्र.अ./ना.सु.

प्र.जि.अ.

१०३

भुई तलामा

४.९

दण्ड जरिवाना

प्रमुख जिल्ला अधिकारीको आदेशानुसार हुने ।

 

प्रचलित कानून बमोजिम

प्र.जि.अ./प्र.अ./ना.सु.

प्र.जि.अ.

१०३

भुई तलामा

४.१०

विगो भराउने/दिलाउने

१. मुद्दा अन्तिम किनारा भएको वा पुनरावेदन अवधि नाघेको हुनु पर्ने

२. सम्बन्धित जाहेरवाला‚ घाइते उपस्थित हुनु भई नागरिकता प्रमाण पत्र वा पहिचान खुल्ने कागजात सहित (३ वर्ष भित्र) निवेदन दिनु पर्ने

३. प्रतिवादी फरार रहेको/धरौटी जमानत नराखेको वा राखिएको धरौट जमानत न्यून रही ठहरेको बिगो भराउन नसकिएको अवस्थामा सम्बन्धित प्रतिवादीको नेपाल सरहद भित्रको जायजेथा देखाई दरखास्त दिनु पर्ने

 

प्रचलित कानून बमोजिम

प्र.जि.अ./प्र.अ./ना.सु.

प्र.जि.अ.

१०३

भुई तलामा

४.११

धरौटी फिर्ता

१. यस कार्यालयबाट भएको फैसलामा चित्त बुझी पुनरावेदन नगर्ने भए सोही व्यहोरा खुलेको धरौटी फिर्ताको निवेदन (रु.१० को टिकट सहित दिनु पर्ने)

२. नेपाली नागरिकता प्रमाण पत्र वा परिचय खुल्ने अन्य प्रमाण २ प्रति

 

प्रचलित कानून बमोजिम

प्र.जि.अ./प्र.अ./ना.सु.

प्र.जि.अ.

१०३

भुई तलामा

४.१२

सदरस्याहा

प्रमुख जिल्ला अधिकारीको आदेशानुसार हुने

 

प्रचलित कानून बमोजिम

प्र.जि.अ./प्र.अ./ना.सु.

प्र.जि.अ.

१०३

भुई तलामा

 

५. संस्था दर्ता‚ पत्रपत्रिका तथा छापाखाना

Last Updated : 2083-03-03 13:30:35

© All Rights Reserved to District Administration Office, Baglung .

क्र.सं.

सेवाको विवरण

आवश्यक कागजतहरु/प्रमाणपत्रहरु

लाग्ने समय

लाग्ने शुल्क

जिम्मेवार कर्मचारी/शाखा

गुनासो सुन्ने अधिकारी

कोठा नं.

५.१

संस्था दर्ता

१. संस्था दर्ताको लागि जिल्ला प्रशासन कार्यालयलाई सम्बोधन गरेको तदर्थ समितिका पदाधिकारी र सदस्यहरुको संयुक्त निवेदन

२. कार्यक्षेत्र भित्रका स्थानीय तह (नगरपालिका/गाउँपालिका)को सिफारिस पत्र

३. तदर्थ समितिका पदाधिकारी र सदस्यहरुले नेपाली कागजको प्रत्येक पानाको तलमाथि दस्तखत गरेको विधान ३ प्रति  (नेपाली कागजमा) पेश गर्ने ।

४. संस्था स्थापनाका लागि निम्न कुराहरु खोलिएको भेलाको निर्णय‚

- सर्वसम्मतले तदर्थ समितिका पदाधिकारी र सदस्यहरुको चयन गरिएको

- सर्वसम्मतले संस्थाको नाम र ठेगाना छनौट गरिएको

- विधान बनाउने विषय (विधान मस्यौदा उप-समितिको गठन)

- जिल्ला प्रशासन कार्यालय बागलुङमा संस्था दर्ता गर्न भएको समितिको निर्णय

- तदर्थ समितिले विधान पारित गरी स्वीकृतीका लागि स्थानीय अधिकारी समक्ष पेश गर्ने भनी गरेको निर्णय

५. तदर्थ समितिका पदाधिकारीहरुको नागरिकताको प्रमाणित प्रतिलिपीहरु १/१ प्रति

६. संस्थाका तदर्थ समितिका पदाधिकारी  तथा सदस्यहरुको नाम‚ ठेगाना‚ सम्पर्क नं. र फोटो सहितको नामावली

७. संस्थाका पदाधिकारीहरुको चालचलन बुझेको प्रहरी प्रतिवेदन

८. तदर्थ समितिका पदाधिकारीहरु र सदस्यहरु सक्कल नागरिकता सहित सनाखतको बखत उपस्थित हुनु पर्ने ।

९. संस्थाको नाम र उद्देश्यका विषयमा सम्बन्धित मन्त्रालय‚ विभाग र निकायको प्रतिक्रिया लिनु पर्ने भएमा सोको सिफारिस

प्रक्रिया पुरा भएमा सोही दिन

रु. १‚०००/-

स.प्र.जि.अ./प्र.अ./ना.सु.

स.प्र.जि.अ.को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.

१०३

भुई तलामा

५.२

संस्था नविकरण

१. नविकरणका लागि जिल्ला प्रशासन कार्यालयलाई सम्बोधन गरेको तोकिएको ढाँचाको निवेदन

२. विधान सम्मत साधारण सभाले चालु आ.व.को लागि लेखा परीक्षक नियुक्ति सम्बन्धित आ.व.को लेखा परीक्षण प्रतिवेदन‚ वार्षिक प्रगति प्रतिवेदन र कार्य समिति छनौट गरेको निर्णयको माइन्यूटको अध्यक्ष/सचिवले प्रमाणित गरेको प्रतिलिपी

३. सम्बन्धित आ.व.को लेखा परीक्षण प्रतिवेदन

४. सम्बन्धित आ.व.को लागि कर कार्यालयको सिफारिस

५. सम्बन्धित आ.व.को लागि सम्बन्धित स्थानीय तह (नगरपालिका/ गाउँपालिका) को सिफारिस

६. संस्थाको पान (PAN) दर्ता प्रमाण पत्र

७. जिल्ला प्रशासन कार्यालयले स्वीकृत गरेको संस्थाको विधानको प्रतिलिपी

८. संस्थाको प्रमाणपत्रको फोटोकपी

९. संस्थाको लेटरप्याडमा वर्तमान कार्यसमितिको प्रमाणित नामावली

१०. कुल साधारण सदस्य संख्या खुलाएको नामावली सहितको प्रमाणित विवरण र साधारण सभा/विशेष साधारण सभामा उपस्थितको संख्याको विवरण

११. सम्बन्धित आ.व.को वार्षिक कार्यप्रगति विवरण

१२. बालगृह सञ्चालन सम्बन्धी संस्था भए बाल गृह मा सःशुल्क वा निःशुल्क सञ्चालन गरेको खुल्ने गरी स्थलगत अनुगमन सहितको प्रमाणित प्रतिवेदन समेत खुलेको सम्बन्धित स्थानीय तह (नगरपालिका/गाउँपालिका) को सिफारिस ।

१३. लेखा परीक्षकको प्रमाण पत्र‚ पान (PAN) दर्ता प्रमाण पत्र‚ लेखा परीक्षक प्रमाण पत्र‚ नविकरण समेत देखिने गरी कर चुक्ताको प्रमाणपत्र समेत ।

१४. बैदेशिक सहयोगको कार्यक्रम सञ्चालन गरेको भए स्थानीय तह (नगरपालिका/गाउँपालिका) कार्यक्रम सञ्चालनको स्थलगत अनुगमनको प्रतिवेदन

प्रक्रिया पुरा भएमा सोही दिन

रु. ५००/-

स.प्र.जि.अ./प्र.अ./ना.सु.

स.प्र.जि.अ.को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.

१०३

भुई तलामा

५.३

संस्थाको विधान संशोधन

१. रीतपूर्वकको निवेदन

२. तीन महले विधान ३ प्रति

३. नविकरण भएको संस्था प्रमाण पत्र र सो को प्रतिलिपी

४. संशोधन गर्ने प्रस्ताव कुल सदस्य संख्याको दुई तिहाई साधारण सभा सदस्यहरुले पारित गरेको प्रमाणित निर्णय प्रति

५. जिल्ला प्रशासन कार्यालयले स्वीकृत गरेको संस्थाको विधानको प्रमाणित प्रतिलिपी

६. संशोधित विधानको कार्य समिति सदस्यले प्रमाणित गरेको प्रतिलिपी

नोटः तीन महलेको शुरुपानाको माथि दस्तखत नगरी तलबाट दस्तखत गरी बाँकी पानाको माथि कार्यसमितिका सदस्यले दस्तखत गर्ने ।

प्रक्रिया पुरा भएमा सोही दिन

 

स.प्र.जि.अ./प्र.अ./ना.सु.

स.प्र.जि.अ.को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.

१०३

भुई तलामा

५.४

जिल्लामा संस्थाको शाखा खोल्ने

१. रीत पूर्वकको निवेदन

२. संस्थाको कार्यसमितिको निर्णय

३. विधानको प्रतिलिपी र दर्ता प्रमाण पत्रको प्रतिलिपी (नविकरण देखिने)

४. सम्बन्धित स्थानीय तहको सिफारिस पत्र

प्रक्रिया पुरा भएमा सोही दिन

निःशुल्क

स.प्र.जि.अ./प्र.अ./ना.सु.

स.प्र.जि.अ.को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.

१०३

भुई तलामा

५.५

पत्रपत्रिका दर्ता सम्बन्धी

(क) प्रकाशक सम्बन्धी

१. जिल्ला प्रशासन कार्यालयलाई सम्बोधन गरेको तोकिएको ढाँचाको निवेदन

२. प्रकाशकको ४ प्रति फोटो  र नागरिकताको फोटो कपी

३. प्रकाशक संस्था भए संस्थाको छाप‚ प्रबन्ध पत्र वा संस्थाको स्वीकृत विधान‚ प्रमाण पत्र/ नविकरण भएको प्रमाण पत्र/करचुक्ताको पत्र/ अडिट रिपोर्ट/ संचालकहरुको बैठकको निर्णय समेतका कागजातहरुको प्रमाणित प्रतिलिपी

४. सञ्चालकहरु सबैको नागरिकताको फोटोकपी

५. प्रहरी चालचलन

ख. सम्पादक बारे

१. सम्पादकको नागरिकता प्रमाण पत्रको फोटोकपी

२. सम्पादकको शैक्षिक योग्यताको एस.एल.सी. देखि स्नातक सम्मको मार्कसिट‚ चारित्रिक प्रमाण पत्र र प्रोभिजनल सर्टिफिकेटका फोटोकपी वा एस.एल.सी. उत्तीर्ण गरी पत्रकारितामा १० (दश) वर्ष कार्य गरेको सूचना विभागको प्रमाण पत्र समेतका प्रमाण पत्रहरुको फोटोकपीहरु

३. सम्पादकलाई प्रकाशकले नियुक्ति गरेको पत्र

४. पत्रिकामा सम्पादक पदमा काम गर्ने बारेको सम्पादकको मञ्जुरी नामा

५. प्रहरी चालचलन

प्रक्रिया पुरा भएमा सोही दिन

दैनिक पत्रिका रु.१‚०००/-

अर्ध साप्ताहिक रु.७००/-

साप्ताहिक रु. ५००/-

पाक्षिक रु.३००/-

मासिक र अन्य रु. २००/-

स.प्र.जि.अ./प्र.अ./ना.सु.

स.प्र.जि.अ.को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.

१०३

भुई तलामा

५.६

छापाखाना सञ्चालन

१. स्वीकृत छापाखानाबाट पत्रिका छाप्न मञ्जुरी दिएको सिफारिस

२. छापाखाना दर्ता भएको प्रमाण पत्रको फोटोकपी

३. छापाखानाको प्रबन्ध पत्रको फोटोकपी

४. छापाखानालाई जिल्ला प्रशासन कार्यालयबाट स्वीकृत दिएको प्रमाण पत्रको फोटोकपी

५. छापाखानाले कर तिरेको कर चुक्ता पत्र ।

प्रक्रिया पुरा भएमा सोही दिन

रु.१‚०००/-

स.प्र.जि.अ./प्र.अ./ना.सु.

स.प्र.जि.अ.को हकमा प्र.जि.अ. र अन्य