2080-08-17
2080-08-17
बैकल्पिक सडक प्रयोग गर्ने सम्बन्धी सूचना !
प्रस्तुत विषयमा सालझण्डी-ढोरपाटन सडक निर्माण आयोजना अन्तर्गत लक्ष्मीकुण्ड पुल ढोरपाटन न.पा. २ देखि करिव २०० मिटर ढोरपाटनतर्फको पहिलो मोडमा रक कटिङ गर्न मिति २०८०/८/१७ गतेदेखि २०८०/८/३० गतेसम्म सडक बन्द गरी काम गर्नु पर्ने भएकोले सो अवधिका लागि बैकल्पिक सडक प्रयोग गर्नु हुन यो सूचना प्रकाशन गरिएको छ ।