रु. १० को हुलाक टिकट अनुसूचीमा टाँस्ने
प्रमाण पुगेको खण्डमा सोही दिन
१.अनुसूची १ फाराममा न.पा./गा.पा. को सम्बन्धित वडाको वडा अध्यक्ष वा सो को अधिकार प्राप्त अधिकारीको सिफारीश ।
२. गा.पा./न.पा. को सम्बन्धित वडा कार्यालयको सिफारीश पत्र ।
३. बावु/आमाको ना.प्र.प, अन्य तीन पुस्ता भित्रको जो कोहीको ना.प्र.प.सहित नाता प्रमाणित र वंशज खुल्ने सिफारीश र सनाखत ।
४. बिवाहित महिलाको हकमा पतिको ना.प्र.प.,माइती तर्फको वंशज खुल्ने ना.प्र.प.,बिवाह दर्ता प्रमाण पत्र र सनाखत ।
५. जन्म मिति खुल्ने प्रमाण,शैक्षिक प्रमाण पत्र वा जन्म दर्ताको प्रमाण–पत्र ।
६. बसाईसराई गरी आउनेहरुको हकमा उपरोक्त प्रमाणहरुका अतिरिक्त बसाईसराई प्रमाण पत्र, जग्गाधनी दर्ता प्रमाण पत्र जस्ता प्रमाण ।
७. फोटो २ प्रति ।
उल्लेखित कागजातहरु सहित कोठा नं. १०३ मा सम्पर्क गर्ने ।