अनलाइन सिफारिस सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न-२०८१ असोज ९
तस्बिर :
जिल्ला प्रशासन कार्यालयमा सञ्चालनमा रहेको केन्द्रीय नागरिकता सूचना प्रणाली (CCIMS) मा स्थानीय तहका वडाबाट नागरिकता सिफारिस अनुसूची १ को फाराम अनलाइन माध्यमबाट पठाउने प्रकृया सम्बन्धी प्रशिक्षण कार्यक्रम मिति २०८१/०६/०६ गते बागलुङ नगरपालिका, जैमिनी नगरपालिका र बरेङ गाउँपालिकामा, असोज ७ गते ताराखोला गाउँपालिका, गलकोट नगरपालिका र बडिगाड गाउँपालिकामा, असोज ८ गते निसिखोला गाउँपालिका, ढोरपाटन नगरपालिका र तमानखोला गाउँपालिकामा तथा असोज ९ गते काठेखोला गाउँपालिकामा गरी बागलुङ जिल्लाका दशवटै स्थानीय तहमा सम्पन्न भयो। उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकरी नेत्र प्रसाद सुवेदी, सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बराल, प्रशासकीय अधिकृत दिनेश शर्मा लगायतको सहभागिता रहेको थियो।
