2081-10-02
2081-10-02
मिति २०८१ पौष २९ गते जिल्ला प्रशासन कार्यालय बागलुङको सेवा प्रवाह सम्बन्धमा अर्धवार्षिक समीक्ष कार्यक्रम सम्पन्न भयो। प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदीले आ.व. २०८१ असार १ गतेदेखि २०८१ पौष २९ गतेसम्म जिल्ला प्रशासन कार्यालय बागलुङबाट सम्पादन भएका कार्यहरुको प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो। उक्त कार्यक्रममा जिल्ला प्रशासन कार्यालयमा कार्यरत रही आफूलाई तोकिएको कार्य जिम्मेवारी इमान्दारिता र लगतशीलतापूर्वक सम्पादन गरेको आधारमा ५ जना कर्मचारीहरुलाई सम्मान-पत्र प्रदान गरिएको थियो। सम्मान पत्र प्राप्त गर्ने कर्मचारीहरुमा कम्प्युटर अपरेटर श्री नन्दराम गौतम, कम्प्युटर अपरेटर (राष्ट्रिय परिचयपत्र) श्री कपिल घर्ती मगर, खरिदार श्री शस बहादुर छन्थत्याल, कार्यालय सहयोगी श्री सरस्वती कुमारी श्रेष्ठ र कार्यालय सहयोगी श्री सिवानी सार्की रहेका थिए।