2081-03-19
2081-03-19
मिति २०८१ साल असार १८ गते जिल्लामा भएका विपद्का घटनाको तत्काल सम्बोधन गर्न बागलुङ जिल्लका प्रमुख जिल्ला अधिकारी श्री नेत्र प्रसाद सुवेदीको अध्यक्षतामा सरोकारवालाको समन्वय बैठक बसी मिति २०८१/०१/१५ गते पछि जिल्लाका विभिन्न स्थानमा भएका घटनामा क्षति भएका खानेपानी, सिंचाई, विद्युत लगायत अत्यावश्यक सेवालाई सुचारु गर्न सम्बन्धित निकायले प्राविधिक खटाई तत्काल आवश्यकता यकिन गरी समस्या समाधान गर्ने, मनसुनको समयमा सडक छेउमा रहेका जोखिमपूर्ण रुखहरु लडेर सडक अवरोध एवम् दुर्घटना हुने तथा विद्युत प्रशारण अवरोध र क्षेती हुने अवस्थालाई मध्येनजर गरी जोखिमपूर्ण रुखहरुको व्यवस्थापन गर्ने कार्य डिभिजन वन कार्यालय, स्थानीय तह, नेपाल विद्युत प्राधिकरण लगायतका कार्यालयले गर्ने गराउने, विपद्का कारण क्षति भएका पूर्वाधार संरचनामा भएको क्षति तत्काल निर्माण गर्न हालसम्म माग भई आएको खानेपानी पाइप, सिंचाई पाइप तथा जालीको माग संकलन गरी तालुक निकायमा माग गरी पठाउने लगायतका महत्वपूर्ण निर्यण भयो।