Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बागलुङ

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बागलुङ

न्यून व्यान्डविथ Invert Color A- A A+

सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न- २०८१/०३/२३

2081-03-23

2081-03-23


सार्वजनिक_सुनुवाई_२.jpg तस्बिर :

मिति २०८१/०३/२३ गते बागलुङ जिल्ला बागलुङ नगरपालिका वडा नं. २ स्थित ऐतिहासिक पार्कमाजिल्ला प्रशासन कार्यालय, बागलुङ, नापी कार्यालय, बागलुङ, मालपोत कार्यालय, बागलुङ, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, बागलुङ, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, बागलुङ, कृषि ज्ञान केन्द्र, बागलुङ, लगायतको आयोजनामा  सुशासन (व्यवस्थापन तथा सञ्‍चालन) ऐन, २०६४ को दफा ३० बमोजिम सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भयो। प्रमुख जिल्ला अधिकारी श्री नेत्र प्रसाद सुवेदीको अध्यक्षता र जिल्ला समन्वय समितिको कार्यलय, बागलुङका समन्वय प्रमुख श्री अमर बहादुर थापाको प्रमुख आतित्थ्यतामा सम्पन्न उक्त कार्यक्रममा करिव १५० जनाको सहभागिता रहेको थियो। उक्त कार्यक्रममा जिल्ला प्रशासन कार्यालय, बागलुङ, नापी कार्यालय, बागलुङ, मालपोत कार्यालय, बागलुङ, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, बागलुङ, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, बागलुङ, कृषि ज्ञान केन्द्र, बागलुङका कार्यालय प्रमुख तथा प्रतिनिधिले आ-आफ्ना कार्यालयको प्रगति प्रतिवेदन र सेवा प्रवाहको कार्यविधि जानकारीको लागि पेश गर्नु भएको थियो। उक्त प्रतिवेदनहरुमा सहभागिहरुबाट सुझाव र प्रतिक्रिया प्राप्त भई सम्बन्धित कार्यालय प्रमुखबाट जवाफ दिईयो। कार्यक्रम प्रभावकारी भएकोले कार्यक्रमको निरन्तरताको माग भई माग भए अनुसार गर्ने प्रतिवद्धता समेत भयो।

पछिल्लो अपडेट गरिएको : 2083-02-01 14:20:47

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बागलुङ .