2081-03-07
2081-03-07
मिति २०८१ जेठ २५ गते जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी श्री नेत्र प्रसाद सुवेदीको अध्यक्षतामा गलकोट नगरपालिका वडा नं. ६ मजुवा फाँटमा करिब ५० जनाको उपस्थितिमा जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसी मिति २०८१/०१/२५ गते बसेको बैठकबाट स्वीकृत भएको बागलुङ जिल्ला मनसून पूर्व तयारी तथा प्रतिकार्य कार्ययोजना, २०८१ लाई प्रभावकारी रुपमा कार्यान्वयन गरी यस वर्षको चालु मनसूनमा कम भन्दा कम क्षति हुने वातावरण निर्माण गर्ने/गराउने। पहिरोबाट जोखिममा रहेको बस्ती र बासस्थानको यकिन गरी पहिले नै सचेत भई सुरक्षित स्थानमा स्थानान्तरण वा जोखिम घटाउने उपयुक्त प्रवन्ध मिलाउने लगायतका महत्वपूर्ण १६ वटा प्रस्तावहरुमा छलफल गरी निर्णय पास गरिएको थियो।