नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
वागलुङ्ग


  बागलुङ जिल्लाको संक्षिप्त परिचय :-

             नेपालको पश्चिमाञ्चल विकास क्षेत्रमा पर्ने विकट पहाडी जिल्ला बागलुङ धौलागिरी अञ्चलको अञ्चल सदरमुकामको रुपमा रहेको छ । प्रशासनिक विभाजन अनुसार यस जिल्लाको पूर्वमा पर्वत, पश्चिममा रोल्पा, रुकुम, उत्तरमा म्याग्दी तथा दक्षिणमा प्यूठान र गुल्मी जिल्ला रहेका छन् । ३ निर्वाचन क्षेत्र, १३ इलाका, ५९ गाउँ विकास समिति र १ नगरपालिका (बागलुङ नगरपालिका) यस जिल्लामा छन् । यो अक्षांशीय हिसाबले २८ डिग्री १५ मिनेट उत्तरी अक्षांश देखि २८ डिग्री ३७ मिनेट उत्तरी अक्षांशसम्म र देशान्तरीय हिसाबले ८३ डिग्री पूर्वी देशान्तर देखि ८३ डिग्री ३६ मिनेट पूर्वी देशान्तरसम्म १७८४ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएर रहेको छ । वि.सं. २०६८ सालको जनगणना अनुसार यस जिल्लाको जनसंख्या पुरुष ‌१,१७,९९७ र महिला ,५०,६१६ गरी कुल ,६८,६१३ रहेको छ । लोक्ताको जिल्ला, झोलुंगे पुलको जिल्ला जस्ता उपनामले परिचित यस जिल्ला नेपाल भित्रको सानो नेपाल जस्तै आकारमा पूर्व पश्चिम भै फैलिएर रहेको छ । बागलुङ कालिका भगवती मन्दिर, नेपालको एक मात्र शिकार आरक्ष ढोरपाटन शिकार आरक्ष, गाँजा दह, घुम्टेको लेक जस्ता महत्वपूर्ण सम्पदाले यसको पहिचानलाई अझ शिखरमा पुर्‌याएका छन् । चैते दशै मेला, हनुमान नाच, लाखे नाच जस्ता सांस्कृतिक पर्वहरु, रुद्र ताल, गाँजाको दह, नील दह जस्ता प्रमुख ताल एवं कुण्डहरु, यानीमाया, सालैजो, सोरठी नृत्य, घाँटु नाँच लगायतका लोकसंस्कृतिको धनी यस जिल्लाका प्रमुख व्यापारिक महत्वका ठाउँहरुमा बागलुङ बजार, बुर्तिबाङ बजार, हटिया बजार, शेरा बजार, खार बजार, हरिचौर बजार आदि हुन् । यस जिल्लामा मुख्य रुपमा ब्राह्मण, क्षेत्री तथा जनजातिहरुको बसोबास रहेको छ । मुख्य पेशा कृषि रहेको र यस जिल्लामा वैदेशिक रोजगारीमा जानेको संख्या उल्लेख्य रहेको हुँदा विप्रेषण भित्र्याउने प्रमुख जिल्लाहरुमध्ये मा पनि चिनिन्छ । यस जिल्लाबाट संविधान सभा सदस्य निर्वाचन २०७० मा प्रत्यक्ष निर्वाचन तर्फ ३ वटै निर्वाचन क्षेत्रमा नेपाली काँग्रेसका उम्मेदवारहरु विजयी हुनु भएको छ ।

  • निजामती सेवा दिवस २०७३-५-२२

    निजामति दिवस २०७३ सेवा मैत्री प्रशासन स‌ंघियतामा सुशासन भन्ने मुल नाराका साथ विभिन्न कार्यक्रम गरी भब्यताका साथ सम्पन्न गरिएकाे ।

  • नगर सरसफाई २०७३-२-१२

    अाज विहान ७ बजे प्रमुख जिल्ला अधिकारी श्री भागिरथ पाण्डेयज्यूकाे नेतृत्वमा नेपाल प्रहरी नेपाली सेना र कर्मचारीहरुले नगरका विभिन्न भागमा सरसफाई गरि नगर सरसफाई अभियान सम्पन्न भएको ।

  • पूर्ण साक्षर गा‍‌ वि स घोषणा २०७३-२-३

    मिति २०७३।२।१ गते श्रीमान प्रमुख जिल्ला अधिकारी श्री भागिरत पाण्डेयकाे प्रमुख अातिथ्यमा यस जिल्लाका हिल अर्गल र तारा गा वि स हरुलाई पूर्ण साक्षरता गा‍ वि स घाेषणा भएकाे ।

  • सार्वजनिक सुनुवाई --

    यस जिल्लाकाे बुर्तिवाङ गा वि स स्थित बुर्तिवाङ  बजारमा प्रमुख जिल्ला अधिकारी श्री भागिरथ पाण्डेय, स्थानिय विकास अधिकारी श्री भरत गाैतम र प्रहरी उपरिक्षक श्री चक्र वहादुर सिंह समेतकाे उपस्थितिमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

  • तिब्तियन शरणार्थिहरुकाे परिचयपत्र नविकरण --

    यस जिल्लाकाे वाेवाङ गा‍‌‍. वि.स. स्थित  तिव्बतियन क्याम्पमा रहेका ६० जना तिव्वतियन शरणार्थीहरुकाे २०७३ साल चैत्र मसान्त सम्मको लागि प्रमुख जिल्ला अधिकारी श्री भागिरथ पाण्डेयज्यूबाट परिचय पत्र नविकरण गर्ने कार्य सम्पन्न भएकाे छ ।

  • बिपद् जोखिम न्यूनिकरण २०७१-६-२७

    अाज मिति २०७१।६।२७ गते जिल्ला प्रशासन कार्यालयको अायोजनामा बिपद् जोखिम न्यूनिकरण सम्बन्धि अन्तर्राष्ट्रिय दिबस जीबनको लागि उत्थानशीलता,बिपद् र जेष्ठ नागरिक भन्ने नाराका साथ एक  अन्तरक्रिया कार्यक्रम गरी सम्पन्न गरियो।कार्यक्रममा राजनैतिक दल,कार्यालय प्रमुखहरू, बिपद् न्यूनिकरणका क्षेत्रमा क्रियाशिल निकायका ब्यक्तिहरू,जेष्ठ नागरिकहरू र पत्रकारहरूको उल्लेख्य सहभागिता रहेको थियो।कार्यक्रममा बक्ताहरूले बिपद्,यसबाट पर्ने असरहरू र जोखिम न्यूनिकरणका लागि गरिनुपर्ने उपायहरूका बारेमा बोलेका थिए।अायोजकका तर्फबाट बिपद्बाट सबैभन्दा बढि बालबालिका र जेष्ठ नागरिक प्रभाबित हुने भएकोले बिपद् न्यूनिकरण सम्बन्धि कार्यक्रम बनाउंदा यसतर्फ ध्यान दिनुपर्ने कुरामा प्रकाश पारिएको थियो।कार्यक्रम जिल्ला बिकास समितिको सभाहलमा सम्पन्न भएको थियो।

  • सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न २०७१-४-४

    मिति २०७१।३।३२गते जिल्ला प्रशासन कार्यालय बागलुङको संयोजनमा जिल्ला बिकास समिति बागलुङ र जिल्ला कृषि बिकास कार्यालय बागलुङको अयोजनामा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भयो।उक्त कार्यक्रममा जिल्लास्थित सम्पूर्ण सेवा प्रदायक निकायहरू,सेवाग्राहीहरू,  राजनैतिक दलहरू र पत्रकारहरूको उल्लेख्य सहभागिता रहेको थियो।सेवाग्राहीहरू,राजनैतिक दलहरू र पत्रकारहरूले कार्यालयका काम कारबाहीका बारेमा प्रश्नहरू राखेका र सम्बन्धित कार्यालय प्रमुखले उठेका प्रश्नहरूको जवाफ दिएका थिए।सहभागिहरूले यस्ता कार्यक्रमले सेवा प्रवाहलाइ पारदर्शि, प्रभावकारी, छिटो छरितो र सेवाग्राहीकेन्द्रीत बनाउन मद्दत गर्ने भएकोले नियमितरूपमा राख्न अग्रह गरेका थिए।

  • मासिक पंगति बिवरण २०७२-२-८

    मासिक पंगति बिवरणा

  • २०७२।।०१।१२ र १३गते गएकाे भुकम्पकाे क्षतिकाे विवरण २०७२-१-३०

    २०७२।०१।१२ र १३ गते भुकम्पबाट भएकाे क्षतिकाे विवरण ।

  • naya bhaban sucharu २०७१-११-२

    naya bhaban ko DPC karya sampanna

  • कार्यालय अनुगमन २०७१-६-२३

    अाज मिति २०७१।६।२३गते जिल्ला प्रशाशन कार्यालयद्वारा जिल्लास्थित सरकारी कार्यालयहरूको बिहान १०.१५ बजे अाकस्मिक छड्के निरिक्षण गर्दा ७ जना कार्यालय प्रमुख सहित १७ जना अधिकृत तहका र ८७ जना अन्य गरी १०४ जना कर्मचारी अनुपस्थित रहेको पाइयो।अनुपस्थित कर्मचारीमध्ये कार्यालयप्रमुखको हकमा सम्बन्धित बिभागमा र अन्यको हकमा सम्बन्धित कार्यालयमा नियमानुसार अाबश्यक कारबाहिको लागि लेखी भए गरेको कारबाहीको जानकारी पठाउन लेखिएको छ।

  • बजार अनुगमन २०७१-५-२१

    जिल्ला प्रशासन कार्यालय बागलुङले नियमित बजार अनुगमनको क्रममा यस बर्ष पनि नजिकिंदै गरेको दशैं तिहार जस्ता चाडबाडका क्रममा सर्बसाधारणले दैनिक उपभोग्य सामाग्रीहरू सर्बसुलभ र उचित मूल्यमा पाउने अाम उपभोक्ताको अधिकार संरक्षण गर्न र ब्यबसायीले पनि अनुचित नाफा  लिने र म्याद नाघेका बासी सडेगलेका सामानहरू बेच्न नपाउन् भन्ने उद्देश्यले बजार अनुगमन कार्यलाइ तीब्र बनाएको छ।

  • Our E-mail address: २०७१-४-२

    daobaglung@moha.gov.np

  • प्र‍.जि.अ.बाट प्रथम कम्प्यूटरकृत नागरिकता वितरण २०७१-३-३

    प्र‍.जि.अ.श्री वलदेव गौतमज्यूबाट प्रथम कम्प्यूटरकरकृत नागरिकता वितरण हुँदै

  • MRP (Machine Readable Passport) २०७१-२-७

    यस कार्यालयबाट MRP (Machine Readable Passport)  फाराम भर्नु भएका महानुभावहरुले पासपोर्ट तयारी भै आए नआएको सम्बन्धमा बुझ्नु परेमा१६१८०६८५२०२३३ नोटिसबोर्ड मा डायल गरी बुझ्न सक्नु हुनेछ ।तर यो सुबिधा नेपाल टेेलिकमका फोन,मोबाइलमा मात्र छ।

  • नेपाली नागरिकताको प्रमाण पत्र सम्बन्धी सूचना २०७१-२-२८

      जिल्ला प्रशासन कार्यालय बागलुङले हालसम्म हस्त लिखित नेपाली नागरिकताको प्रमाणपत्र वितरण गर्दै आएकोमा मिति २०७१/२/२८ गते देखि गृह मन्त्रालयमा रहेको CIMS Software मार्फत कम्प्यूटरकृत गरी नेपाली नागरिकताको प्रमाण पत्र वितरण गर्न थालिएको छ । यसरी वितरण गरिएको नेपाली नागरिकताको प्रमाण पत्रको रेकर्ड यस कार्यालय र अनलाईन मार्फत गृह मन्त्रालयमा रहने व्यवस्था समेत भएको कुरा सर्वसाधारणको जानकारीको लागि सूचित गरिन्छ ।साथै यस कार्यालयमा रहेको पुरानो नागरिकताको रेकर्ड समेत क्रमशः कम्प्युटरीकृत गरिंदै लगेको ब्यहोरा समेत जानकारी गराइन्छ।  

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय